हिन्दू’ शब्दको ऐतिहासिक उत्पत्ति

sidhasamachar.com

✍️ सत्यजीत

आज नेपाल-भारतका सडकदेखि संसदसम्म मानिसहरू आफूलाई गर्वसाथ "हिन्दू" भन्छन्, र कतिपयले यसलाई आफ्नो धर्म, संस्कृति र सभ्यताको 'पवित्र' नाम ठान्छन्। तर इतिहासको धुलो पखाल्दा पत्ता लाग्छ-यो शब्द कुनै वेद, उपनिषद्, गीता, महाभारत, रामायण, अथवा कुनै पनि वैदिक धर्मग्रन्थको जन्मजात प्रयोग भएको शब्द होइन। यसको मूल उत्पत्ति नै विदेशी आक्रमणकारीहरूको गाली र सामाजिक विभाजनको औजारको रूपमा भएको थियोे।

दशौं शताब्दीमा भारतमा पसेका मुस्लिम शासक र फारसी इतिहासकारहरूले "हिन्दू" शब्दको प्रयोग गरे। यो शब्द फारसी भाषामा कालो, चोर, बदमाश, असभ्य, दास, काफिर भन्ने अपमानजनक अर्थ बोकेको थियो। अल-बिरुनी (९७३-१०५०) जस्ता इतिहासकारहरूले यसलाई गैर-मुस्लिम, विशेषतः भारतका शूद्र जाति र अन्य नीचवर्गका मानिसहरूको पहिचानका रूपमा हिन्दू शब्दको प्रयोग गरे।

सन् १३२५ मा दिल्लीको सुल्तान मोहम्मद तुगलकको दरबारमा मोरक्कोका विद्वान इब्न बतुता मुख्य न्यायाधीश (काजी) बने- जो सबैभन्दा शिक्षित र सक्षम व्यक्ति थिए। उनी अरबी र फारसी भाषाका विद्वान थिए साथै खगोल विज्ञान, दर्शन, गणित, चिकित्सा विज्ञान र तर्कशास्त्रमा पनि निपुण थिए। यी सुल्तानले विद्वानहरूलाई धेरै सम्मान गर्थे। प्रसिद्ध मोरक्को विद्वान इब्न बतुता उनको दरबारमा थिए। इब्न बतुताका बुबा र हजुरबुबा मोरक्कोका काजी थिए। इब्न बतुता पनि एक मोरक्कन विद्वान थिए। मोहम्मद तुघलकले उनलाई दिल्लीको काजी अर्थात् दिल्ली सल्तनतको मुख्य न्यायाधीश बनाए। त्यतिबेला मुस्लिमहरूको मुद्दा शरियतअनुसार र भारतीयहरूको मुद्दा मनुस्मृतिअनुसार चल्थ्यो।

ब्राह्मण, क्षत्रिय, वैश्यको छुट्टै धर्म-कानुन थियो, तर शूद्रहरू विभिन्न जातिमा फुटेका थिए। यस जटिलतालाई "कानूनी एकरूपता" दिने नाममा इब्न बतुताले सम्पूर्ण शूद्र जातिलाई सरकारी अभिलेखमा ‘हिन्दू’ भनेर दर्ता गराए। यसरी ‘हिन्दू’ शब्द पहिलो पटक प्रशासनिक वर्गीकरणको रूपमा ठोस रूपमा बसालियो।

सन् १८७५ मा महर्षि दयानन्द सरस्वतीले आफ्नो प्रसिद्ध पुस्तक "सत्यार्थ प्रकाश"मा स्पष्ट लेखे-"हिन्दू शब्द हाम्रो संस्कृत भाषाको होइन, यो मुस्लिमहरूले दिएका अपमानजनक शब्द हो। हामी आर्य हौँ, हाम्रो धर्म पनि आर्य नै हो, त्यसैले हामीलाई हिन्दू भनिनु हुँदैन।" यही कारण उनले "हिन्दू समाज" होइन, "आर्य समाज" स्थापना गरे।

वेद, उपनिषद्, ब्राह्मणग्रन्थ, पुराण-कुनैमा पनि ‘हिन्दू’ शब्द उल्लेख छैन। यसको प्रयोग १३औँ शताब्दीपछि मात्र सरकारी र सामाजिक दायरामा फैलियो। तर विडम्बना के छ भने-आज यही शब्दलाई धार्मिक ब्रान्डको रूपमा बेच्ने, राजनीतिक भीड उचाल्ने, र जात-व्यवस्था बचाउने ठगी व्यवसाय फस्टाइरहेको छ।

यदि कुनै शब्दको जन्म नै दासत्व, जातीय विभाजन र अपमानबाट भएको हो भने त्यसलाई पवित्र पहिचानको रूपमा ढाकछोप गर्नु सत्यसँगको विश्वासघात हो। "हिन्दू" नाम धारण गरेर गर्व गर्ने मान्छेले आफ्नो इतिहास बुझ्दैन, बरु आफ्नो पुर्खामाथि भएको अपमानलाई उत्सवको रुपमा मनाइ रहेको छ।

साँचो स्वतन्त्रता भनेको दासताको पुरानो जुवा फ्याँक्नु हो-चाहे त्यो धर्मको नाममा होस् वा पहिचानको नाममा नै किन नहोस्।

हामी न हिन्दू हौँ, न मुसलमान, न कुनै बाह्य क्रिश्चियन। हामी स्वतन्त्र मानिस हौँ, जसको मूल्य हाम्रो विवेक, ज्ञान र मानवीय आचरणले तय गर्छ-न कि परजीवी पुरोहित वर्गको बनावटी पाखण्डले।

‘हिन्दू’ शब्दको ऐतिहासिक यात्रा कुनै धार्मिक गौरवको कथा होइन, बरु विदेशी सत्ता, सामाजिक विभाजन र सांस्कृतिक दमनको लामो इतिहास हो। यस शब्दको मूल आरम्भ फारसी-अरबी भाषामा अपमानजनक रुपमा कालो, असभ्य, चोर, दास, काफिरबाट भएको थियो। प्रारम्भमा यो केवल भौगोलिक र जातीय वर्गीकरणको औजार थियो, जसलाई मुस्लिम शासकहरूले विशेषतः शूद्र जातिलाई प्रशासनिक अभिलेखमा समेट्न प्रयोग गरे। यसरी ‘हिन्दू’ नाम एक जातीय-कानूनी ‘लेबल’का रूपमा औपचारिक बनाइयो।

ब्राह्मण, क्षत्रीय र वैश्यहरू आफ्ना वर्गीय धर्मकानून (मनुस्मृति अनुसार) भोग्दै थिए, तर शूद्रहरूका लागि एउटै नाम ‘हिन्दू’ थोपरेर उनीहरूको विविधता मेटाइयो। यस कदमले एउटा ठूलो जनसमूहलाई आफ्नो मौलिक पहिचान, जातीय विविधता र इतिहासबाट अलग गरी, विदेशी शासकको दृष्टिमा ‘निच वर्ग’क‍‍ो लेबलमा परिणत गर्‍यो।

१९औँ शताब्दीमा महर्षि दयानन्द सरस्वतीले यो शब्दको विदेशी र अपमानजनक उत्पत्ति स्वीकार गर्दै ब्राह्मणहरूलाई पनि यो नाम नअपनाउन आग्रह गरे। उनको दृष्टिमा वास्तविक पहिचान ‘आर्य’ थियो, र उनले ‘हिन्दू समाज’ होइन ‘आर्य समाज’ स्थापना गरेर त्यसलाई व्यवहारमा उतारे। यसैले स्पष्ट हुन्छ-‘हिन्दू’ शब्दको प्रयोग कुनै प्राचीन वैदिक धार्मिक आत्मपहिचान होइन, बरु पछि आरोपित गरिएको घृणित नाम हो।

'हिन्दू' शब्द वेद, उपनिषद्, गीता वा अन्य वैदिक साहित्यमा कतै पनि उल्लेख नहुनुले प्रमाणित गर्छ कि यो कुनै आध्यात्मिक उत्पत्तिबाट आएको थिएन। यसको प्रयोगको राजनीतिकरण मुसलमान शासककालमा सुरु भई, औपनिवेशिक भारतमा अंग्रेजहरूले अझ मजबुत पारे-किनकि विभाजित जनसमूहलाई एकीकृत गर्दै कृत्रिम पहिचान दिएर अल्मल्याउदा शासन गर्न सजिलो हुन्थ्यो।

आज, ‘हिन्दू’ शब्दलाई धार्मिक गौरवको प्रतीकका रूपमा प्रस्तुत गर्ने शक्तिहरू प्रायः यसको वास्तविक इतिहासलाई ढाकछोप गर्छन्। यसको प्रयोगले जातीय विभाजनलाई ऐतिहासिक वैधता दिन्छ र पुरोहितवादी संरचनालाई बलियो बनाउँछ। जुन नामको जन्म नै दासत्व र अपमानबाट भएको हो, त्यसलाई गर्वको प्रतीकमा बदल्नु, वास्तवमा, आत्म-विस्मृति र ऐतिहासिक मूर्खता हो।

अतः, ऐतिहासिक रूपमा यो निष्कर्ष प्रष्ट हुन्छ-‘हिन्दू’ कुनै मौलिक, वैदिक, पवित्र पहिचान होइन; यो बाह्य सत्ता र सामन्तीय-ब्राह्मणवादी स्वार्थको उत्पादन हो। यो शब्दको साँचो अर्थ र उत्पत्ति थाहा पाएर पनि त्यसलाई अन्धविश्वासपूर्वक धारण गर्नु भनेको, आफ्नो पुर्खामाथि भएको अपमानलाई गौरवको उत्सव मनाउनु हो। यदि हामी स्वतन्त्र, समान र विवेकशील समाज चाहन्छौं भने, हामीले यस्ता आरोपित पहिचानहरूको जुवा फ्याँक्नै पर्छ, र आफूलाई केवल मानव, स्वतन्त्र नागरिकको रूपमा परिभाषित गर्न सिक्नुपर्छ।

"हिन्दू’ शब्दको ऐतिहासिक अपमानजनक जरा थाहा पाउँदा पनि यसलाई गर्वको पदकजस्तो टाँगेर घुम्ने बौद्धिकहरू देख्दा लाग्छ-यिनीहरू इतिहासका पुस्तक होइन, मानौं गुलामीका पदक सङ्कलन गर्ने क्लबका सदस्य हुन्। विदेशी शासकको गालीलाई आफ्नो पहिचानको गहना बनाउने यो मानसिकता, बाघको छालामा लुकेर बाख्राको बौलाहट प्रदर्शन गर्न बराबराहट हो।"

कबीर पारख संस्था, प्रयागराज (इलाहाबाद) ले दिवंगत महान संत श्री अभिलाष साहेब जीद्वारा लिखित पुस्तक "हिन्दू कौन" मा आफ्नो प्रमाणित राय दिएका छन्। पाठकहरूले चाहेमा यस संस्थाको पुस्तकालयमा गएर विस्तृत अध्ययन गर्न सक्छन्।

हिन्दू शब्द वेद, शास्त्र, उपनिषद् वा कुनै धार्मिक ग्रन्थमा उल्लेख छैन , यो कथित ब्राह्मणहरुले ठगी खान बनाएको छद्मभेषी व्यावसाय हो

{ऐतिहासिक यथार्थबाट आतंकीतहरुलाई अधर्मी पापी, डलरे, पश्चिमाको एजेन्ट भन्न छुट छ}

प्रतिक्रिया