आजबाट नेवा:समुदायको गुँला पर्व हुरु

sidhasamachar.com

नेपाल सम्बतको दशौ महिनालाई गुंला महिना भनिन्छ । यो गुंला पर्व राजा बिक्रम देवले शुरु गरेका थिए भन्ने पनि गरिन्छ । नेपाल मण्डलको पहिलो भूमि मञ्जुपाटनमा अवस्थित ज्योतिरुप स्वयम्भूमा धर्म "धम्म"को शुरुवात भएको थियो जसलाई "चैत्य सेवा" भनिन्छ । यसै चैत्य सेवालाई नै गुंला धर्म भनिएको हो । 

गुलाँ महिना भगवान बुद्धमा समर्पित महिना हो । नेपाल सम्बतको गुँला महिना भरी बौद्धमार्गीहरु बिहान सबेरै बौद्ध बहा, बहिहरुको परिक्रमा गर्ने गर्दछ । यसरी परिक्रमा गर्ने क्रममा एक प्रकारको बाजा बजाउने गर्दछ्न जसलाई गुलाँबाजा भनिन्छ । यस बाजामा मुख्य बाजा धाँ हो । बायाँ हातले लठ्ठीले र दायाँ हातले बजाउने उक्त बाजा १०-१२ जनाको समुहले एकै सुरमा बजाउँदा कर्णप्रिय स्वरको गुञ्जन हुने गर्दछ । धाँ लगायत नेकु, पोङा, नाइखिं, ता, भुस्या, डंगा, झ्याली, दबदबा पनि गुलाँको समयमा बजाउने गर्दछ । गुलाँधर्म परापूर्वकाल देखि शुरु भए लगत्तै गुलाँबाजा पनि शुरू भएको थियो । शुरुका समयमा यो बाजा पुरुषहरुले मात्र बजाउने गर्थे । पछि गएर बिस्तारै बाजा बजाउनेहरुको संख्यामा कमि आउन थाले । सन् २००० को प्रारम्भमा महिलाहरूले गुलाँ बाजा सिक्न थाले । गुलाँ बाजा बजाउदाका विभिन्न तालहरु जति, पलेमां, चो ताल, प्रताल, ग्रह, लंता हो । शनिबार र विशेष अवसरहरूमा, तिनीहरू ग्वारा पनि बजाउँछन्, जसमा तीनवटा भन्दा बढी प्रकारका लयबद्ध बीटहरू छन्, र ७ देखि २० मिनेटसम्म रहन्छ । 

काठमाण्डौ जिल्लामा रहेका ३२ खल:हरू दैनिक रुपमा स्वयम्भूनाथको दर्शन गर्ने गर्दछ भने भक्तपुर नगरका खल:हरूले भक्तपुरमा रहेका १८ विहार, बहि, बहको परिक्रमा गर्ने गर्दछ । भक्तपुर नगर भरी जम्मा ३ वटा खल:हरू रहेका छन । जसमध्य पहिलो खल: श्री बिश्वकर्मा गुलाँबाजा खल: हो । त्यस्तै दोश्रो खल: ईन्द्रवर्त गुलाँबाजा खल: हो भने तेश्रो खल: क्वनेया गुलाँबाजा खल: हो । बि.सं १९७८ मा क्वनेया गुलाँबाजा स्थापना भएको थियो । यसरी भक्तपुरमा १०० बर्ष भन्दा अघि देखि गुलाँबाजा बजाउने ईतिहास रहेकोमा यसको सम्बर्द्धन र संरक्षण गर्नु हामी सबैको कर्तब्य रहेको छ । 

यस महिनाको चार बुधबार चार बुद्ध चिन्ने भनेर चार बुद्ध भूमी नम बुद्ध, बज्रयोगिनी, स्वयम्भू , रातो मच्छिन्द्रनाथको समेत दर्शन गर्ने गर्दछ । यदि उक्त महिना पाँच बुधबार भएको खण्डमा पाँचौ बुधबार खस्ती भगवान (बौद्धनाथ) मा जाने गर्दछ । यसैगरी थिमी नगरमा पनि केहि बिहारहरु रहेका छन । जस्तै: पद्मपाणी लोकेश्वर, जेतबर्ण बिहार, पाती बिहार आदि ।

लेख: जि आर रन्जित

स्रोत: राजी बज्राचार्य 

प्रतिक्रिया