भारत–नेपाल सीमामा तनाव : एसएसबी जवानमाथि आक्रमण, गोली प्रहारपछि एक घाइते

sidhasamachar.com

काठमाडौं ,श्रावण ८-भारत–नेपाल सीमाक्षेत्र फेरि तनावपूर्ण बनेको छ। भारतको बिहार राज्यको मधुबनी जिल्ला नजिक तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूलाई स्थानीय समूहले आक्रमण गरेको घटना बाहिर आएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गस्तीमा रहेका एसएसबी जवानहरूलाई केही व्यक्तिहरूले घेराबन्दी गर्दै हतियार छीन्ने प्रयास गरेका थिए। परिस्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले हवाई फायर तथा जवाफी गोली प्रहार गरेका थिए। यस क्रममा एक व्यक्तिलाई गोली लागेर घाइते भएको पुष्टि गरिएको छ।

घटनापछि तत्कालै थप सुरक्षाकर्मी परिचालन गरिएको छ र क्षेत्रलाई नियन्त्रणमा लिइएको भारतीय मिडियाले जनाएको छ। यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको बताइए पनि आक्रमणका कारण र संलग्न समूहको पहिचान खुलाइएको छैन।

सीमाक्षेत्रमा बारम्बार हुने यस्ता गतिविधिले नेपाल–भारत सीमाको सुरक्षाबारे गम्भीर प्रश्न खडा भएको छ। स्थानीय प्रशासनले यस्ता घटनाले दुबै देशबीचको सुरक्षात्मक तालमेल अझै कडाइ गर्नुपर्ने आवश्यकता देखाएको बताएको छ।



--

प्रतिक्रिया