रुसको समुद्री शक्ति प्रदर्शन! चार महासागर र सयौँ युद्धपोतसहित विशाल सैन्य अभ्यास सुरु

sidhasamachar.com



मस्को, २३ जुलाई —

रुसले आजदेखि आफ्नो “जुलाई आँधी” नामक विशाल नौसैनिक अभ्यास सुरु गरेको छ। यसमा १५० भन्दा बढी युद्धपोत, पनडुब्बी र सहायक जहाज तथा १५ हजार सैनिक संलग्न रहेका छन्।


रुसी रक्षा मन्त्रालयका अनुसार यो अभ्यास प्रशान्त महासागर, उत्तरध्रुवीय सागर, बाल्टिक सागर र कास्पियन सागरमा एकैसाथ सञ्चालन हुँदैछ। यस क्रममा आधुनिक क्षेप्यास्त्र प्रणाली, चालकविहीन हवाई यन्त्र र अत्याधुनिक युद्ध रणनीति परीक्षण गरिने जनाइएको छ।


विश्लेषकहरूको भनाइमा यस्तो बहु–क्षेत्रीय अभ्यासले रुसको वैश्विक समुद्री शक्ति प्रदर्शन मात्र होइन, पश्चिमी मुलुकहरूलाई कडा सन्देश दिने रणनीति पनि बोकेको छ।


जुलाई २३ देखि २७ सम्म चल्ने यो सैन्य अभ्यासलाई अहिलेको भू–राजनीतिक तनावबीच रुसको हालसम्मकै सबैभन्दा ठूलो शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।


प्रतिक्रिया