ड्ब्लु डब्लु इ का चर्चित खेलाडी हल्क हगनको ७१ वर्षमा मृत्यु!

sidhasamachar.com

काठमाडौं ,श्रावण ९-फ्लोरिडाको क्लियरवाटर प्रहरी र डब्लुडब्लुइका अनुसार दुई पटक डब्लुडब्लुइ हल अफ फेमर तथा पूर्व विश्व च्याम्पियन हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ।

"डब्लुडब्लुइ हल अफ फेमर हल्क होगनको निधन भएकोमा हामी दुःखी छौं," डब्लुडब्लुइले विज्ञप्तिमा भनेको छ, "सन् १९८० को दशकमा डब्लुडब्लुइलाई विश्वव्यापी पहिचान दिलाउन मद्दत गर्ने पप–संस्कृतिका एक महान चिनारी होगनप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौं।"

क्लियरवाटर प्रहरीले जनाएअनुसार बिहीबार बिहान करिब १० बजे हृदयघातको घटना भएको सूचनापछि उनीलाई मोर्टन प्लान्ट अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हल्क होगन (वास्तविक नाम टेरी जीन बोलिया) पेशागत कुस्तीका एक महान नायकका रूपमा चिनिन्थे। दुनियाभरका प्रशंसकहरूले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया